प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहाल दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धि राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा भाग लिएर आईतवार अपरान्ह स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए ।
शनिवार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै सो अवस्थाका अन्त्य गर्नुपर्ने बताएका थिए । उनले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सहयोग गर्न पनि अन्तराष्ट्रिय समुदायलाई अपिल गरेका थिए । सम्मेलनका क्रममा प्रधानमन्त्री दाहालले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए । दाहाल सम्मेलनमा सहभागी हुन मंसिर १३ गनते युएई प्रस्थान गरेका थिए ।