
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल मन्त्रिमण्डल फेरबदल नहुने बताएका छन् । दुवाइमा आयोजित कोप सम्मेलनबाट आज स्वदेश फर्किएपछि त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले मन्त्रीमण्डल फेरबदलको कुरा हल्ला मात्र भएको बताएका हुन् । उनले मन्त्रिमण्डल फेरबदलको बिषयमा गठबन्धन भित्र कुनै छलफल नै नभएको बताउदै दाहालले फेरबदलको बिषय आफ्नो दिमागमै नभएको बताए ।
दुबइ जाने बेला उडान समय फेरबदल गरिएकोबारे आफुलाइ कुनै जानकारी नभएको भन्दै प्रधानमन्त्री दाहालले यदीआफूलाई थाहा भएको भए त्यसो गर्न नदिने र सबैलाई सँगै लिएर जाने समेत बताए । प्रधानमन्त्री दाहालले कोप सम्मेलन उपलब्धीपूर्ण रहेको बताए । दुवईमा भएको नेपाली दुतावासको सेवालाइ चुस्त दुरुस्त पार्न निर्देशन दिएको बताउदै प्रधानमन्त्री दाहालले दुवईका उद्यमीलाई नेपालमा लगानी गर्न आग्रह गरेको पनि बताए ।



सम्मेलनमा नेपालले गरिमामय उपस्थिति जनाएको बताएका दाहालले नेपालले सम्मेलनमा सहयोग माग्ने कुरा नगरेको तर अधिकारको खोजी गरेको बताए ।