नेपालमा आगामी मार्च ८ देखि १३ सम्म अन्तर्राष्ट्रिय स्तरको राफ्ट दौड प्रतियोगिता द ग्रेट कर्णाली क्वेस्ट, २०२४ हुने भएको छ । नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज, नेपाल नदी संरक्षण संस्था एनआरसिटी र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय स्तरको २४८ किलोमिटर लामो राफ्ट प्रतियोगिता हुने भएको हो । द ग्रेट कर्णाली क्वेस्ट दैलेखको आठबिस नगरपालिकाको राकम कर्णालीबाट कैलाली जिल्लाको दौलतपुर घाटसम्म हुनेछ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागेको जनाएको हो ।
पत्रकार सम्मेलनमा नेपाल एशोसिएशन अफ राफ्टिग्ङ एजेन्सिजका अध्यक्ष शिव अधिकारीले पर्यटन बोर्डमा राजनीतिक खिचातानी हुँदा पर्यटन प्रवद्र्धन गर्ने कामहरु हुन नसकेको बताए । उनले द ग्रेट कर्णाली क्वेस्ट ठूलो परियोजना भएकाले सबै मिलेर सफल बनाउन आवश्यक रहेको उल्लेख गरे ।
प्रतियोगितामा सहभागी हुनका लागि फेब्रअरी ५ देखि २४ सम्म आवेदन खुला गरिने जनाइएको छ । यसअघि २३ नोभेम्बर २३ देखि २८ सम्म तय गरिएको द ग्रेट कर्णाली क्वेस्ट कार्यक्रम पश्चिम नेपालमा गएको भूकम्पका कारण स्थगित भएको थियो ।