काठमाडौं । भारतको तीन वटा विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत ल्याएको छ । भाजपा मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा स्पष्ट बहुमतका साथ विजयी भएको हो । तेलंगनामा कंग्रेसले बहुमतसहित जितेको छ ।

मध्य प्रदेशमा कुल २ सय ३० सिटमध्ये भाजपाले १६४ सिट जितेको छ । बहुमतका लागि १ सय १६ सिटको आवश्यक पर्दथ्यो । कंग्रेस आईले ६५ सिट जित्दा बाँकी अन्य दलले जितेको छ ।
यस्तै राजस्थानमा कुल १ सय ९९ सिटमध्ये भाजपाले १ सय १५ सिट जित्दा कंग्रेस आईले ६९ सिट हात पारेको छ । ​छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५४ र कंग्रेस आईले ३५ सिट जितेको छ ।​ तेलंगनामा कुल १ सय १९ सिटमध्ये कंग्रेस आईको ६४, भारत राष्ट्र पार्टीले ३९ र भाजपाले आठ सिटमा चित्त बुझाएको छ । अल इन्डिया मजलिस–ई–इत्तेहादुल मुस्लिमिनले ८ सिट जितेको छ ।

सत्तारुढ भाजपाले देशको १२ राज्यमा आफ्नै एकल सरकार बनाउने छ भने कांग्रेसको हातमा तीन राज्य मात्रै रहेको छ । १२ राज्य बाहेक महाराष्ट्र, मेघालय, नागाल्याण्ड, सिक्किम र पुडुचेरीमा गठबन्धनको सरकार हुने छ । अर्कोतर्फ हिमाचल प्रदेश र कर्नाटकमा मात्रै कांग्रेस सत्तामा छ ।

भाजपा, कांग्रेस, बसपा, सीपीएम, नेशनल पिपुल्स पार्टी र आम आदमी पार्टी गरी भारतमा ६ वटा राष्ट्रिय पार्टी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय