काठमाडौं । उच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा बुझाएका तीनजनासहित चार जनालाई आज सम्पत्ति शुद्धीकरण विभागमा बुझाउने भएको छ ।
अदालतले धरौटीमा छाड्न आदेश दिएपनि केन्द्रीय कारागारमा रहेका तीन जना हरिभक्त महर्जन, नरेन्द्र केसी र शमशेर मियाँ
ले आइतबार धरौटी बुझाए पनि रिहा भएनन् । उनीहरूमध्ये हरिभक्तले १५ लाख, नरेन्द्र र शमशेरले जनही १०-१० लाख धरौटी बुझाएका थिए । उनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको हुँदा अदालतले आज विभागमा बुझाउन लागेको हो ।
उच्चले अभियुक्त टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सागर राई र आङटावा शेर्पा, सानु भण्डारी, सञ्जय शर्मा र गोविन्द चौधरीलाई थुनामै पठाउने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको थियो । टेकनाथ रिजाल, आशिष बुढाथोकी, हरिभक्त महर्जन, नरेन्द्र केसी, लक्ष्मी महर्जन, शमशेर मिया, सन्दीप रायमाझी, टेक गुरुङ, रामशरण केसी र केशव तुलाधरलाई धरौटीमा रिहा गर्न उच्च आदेश दिएको थियो । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भने उच्च अदालत पाटनले थुनामुक्त गर्न अस्वीकार गरेको थियो ।