काठमाडौं ।  चन्द्रागिरि नगरपालिकाले खानेपानीको नयाँ दररेट तोकेको छ ।

खानेपानी उपभोक्ता समितिहरुले वितरण गर्दैआएको खानेपानीको दर रेटमा नगरभित्र समानता ल्याउनका लागि नगरपरिषद्को बैठकबाट निर्णय गर्दै सूचना जारी गरेको हो । नगरले जारी गरेको सूचनामा १५ वटै वडामा रहेका खानेपानी उपभोक्ता समिति, वडास्तरीय खानेपानी तथा सरसफाई समन्वय समिति तथा अन्य खानेपानी सेवा प्रदायकहरूले खानेपानी सेवा महशुल तथा शुल्क दर पालना गर्नुपर्ने छ । सूचनामा उल्लेख भएअनुसार अब नगरमा खानेपानी उपभोक्ताहरुले १ देखी ८ यूनिट सम्म खानेपानी शुल्क बापत एकमुष्ठ ५० रूपैयाँ लिन पाउनेछन् ।

यसैगरी ९ देखी १५ यूनिटसम्म प्रतियूनिट थप २० रूपैयाँ, १६ देखी २५ यूनिटसम्म थप प्रतियूनिट ३० रूपैयाँ, २६ देखी ३५ यूनिटसम्म प्रतियूनिट थप ५० रूपैयाँ तथा ३६ यूनिटभन्दा माथिको खपतमा थप ८० रूपैयाँ लिन पाउने उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय