नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ । सत्तारुढ गठबन्धन भित्रैको एकीकृत समाजवादी निकट नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले गृहमन्त्री खाँणले वाक स्वतन्त्रता कुण्ठित भन्दै सोमवार पुत्ला दहन गरेको हो ।
अनेरास्ववियू विश्वविद्यालय राष्ट्रिय कमिटीहरुको आयोजनामा नेपाल कमर्श क्याम्पस मिनभवनमा गृहमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीले एमसीसी सम्झौता बिरुद्ध पनि नारावाजी गरेका थिए ।
प्रदर्शनका क्रममा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हिजो तानाशाह विरुद्ध लडेका गृहमन्त्रीलाई कुन प्रभुले सिकाएर वाक स्वतन्त्रता बिरुद्ध विज्ञप्ति जारी गने आँट आयो भनेर प्रश्न गरेका थिए ।
प्रदर्शनमा राष्ट्रघाती सम्झौता खारेज गर, सिमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय दे भन्दै नाराबाजी समेत गरिएको थियो ।