हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको रहेको छ। यतिबेला देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका भूभागमा हुस्सु र कुहिरो तथा शितलहर लागेको छ। बुधबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरि दोलखाको पर्यटकिय क्षेत्र कुरीमा हिमपात भएको छ । देशका बाँकी भूभागमा पनि आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

त्यसैगरी बुधबार राति पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। बिहीबार देशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी शुक्रबार पनि देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने छ। शुक्रबार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय