माघ २ गते मंगलबार चन्द्रागिरि नगरपालिकाको आयोजनामा वडा नं १४ मा अवस्थित नैकाप फुटवल मैदानमा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीको सभापतित्वमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षता तथा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८० मूल समारोह सम्पन्न भएको छ ।

उक्त दिवसको अवसरमा चन्द्रागिरि नगरपालिका प्राङ्गणबाट र्याली सुरु भई कार्यक्रम स्थलमा पुगेको थियो। र्यालीमा जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरुहरु, सुरक्षाकर्मीहरु, कर्मचारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरु, तथा नगरवासीहरुका साथै विभिन्न वडाहरुबाट बाजा, झाँकीहरुको उल्लेखीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रदेश सभाका माननीयहरु, संघीय सांसद श्री राजेन्द्र कुमार के सीका साथै शहरी विकास मन्त्री सिता गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत, उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ तथा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत अन्य अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त समारोहका सभापति तथा भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिका संयोजक चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीबाट समापन मन्तव्य सहित सभा विसर्जन गरेका थिए ।

मन्तव्यको क्रममा नगर प्रमुख घनश्याम गिरीबाट प्रधानमन्त्री समक्ष नगरपालिकाको तर्फबाट नैकाप फुटवल मैदानलाई राष्ट्रिय स्तरको मैदान निर्माण कार्यको सहयोगका लागि तयार गरिएको विस्तृत आयोजन प्रतिवेदन समेत हस्तान्तरण गरेका थिए ,साथै गृहमन्त्रीका समक्ष उपत्यका प्रवेश गर्ने कलंकी नागढुंगा पीपलामोड सडक खण्डको व्यवस्थापन, थानकोट चित्लांग सडकखण्डको निर्माण कार्यको सहजीकरण, भूकम्प पिडित परिवारहरुको रकम ब्यबस्थापनको सहजीकरण लगायको विषयमा ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय