काठमाडौं – थाक्रे गाउँपालिका वडा नम्बर–६ ले वडामा रहेका विपन्न, मजदुरलाई न्यानो कपडा, जस्ता र लुगा सिलाउने मेसिन वितरण गरेको छ । बालविकास कार्यक्रम (सीटिपिएन) को साझेदारीमा वडाले सामान वितरण गरेको हो । वडाले आर्थिक वर्ष २०८०-०८१ को लागि छुट्टाएको विपन्न मजदुर उत्थान कार्यक्रम शीर्षक अन्तरगत ६ लाख र सीटिपिएनको १ लाख ५० हजार रुपैयाँबाट सामान वितरण गरिएको हो ।

 कार्यक्रममा वडा अध्यक्ष हिराबहादुर थापाले वडाका ४० परिवारलाई जस्ता, ३० घरलाई न्यानो कपडा सिरक, डस्ना, तकिया, तन्ना, संयुक्तरुपमा तीन जनालाई कपडा सिलाउने सिलाई मेसिनलगायत वितरण गरिएको बताउनु भयो । उहाँले वडालाई त्रिपाल मुक्त वडा बनाउने घोषणा अनुरुप ४० परिवारले जस्ता पाएसँगै वडा अब त्रिपाल मुक्त भएको दाबी गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय