
काठमाडौ । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले फुटपाथ÷ ठेलागाडा पसल, अनाधिकृत पार्किङ हटाउने भएको छ ।
नगरपालिका अन्तर्गतका त्रिभुवन राजपथको मुल सडक एवं सहायक सडकहरुको दायाँबायाँ रहेका पसलहरुमा फुटपाथमा समेत पसल राखि व्यापार तथा व्यवसाय संचालन र अनाधिकृत पार्किङले गर्दा सर्वसाधारण नागरिकहरुलाई आवतजावतमा असुबिधा भएको, सडक दुर्घटनाको जोखिम बढेको साथै सहरी शौन्दर्यतामा समेत असर गरेको हुँदा सार्वजनिक सडकहरुको अनाधिकृत प्रयोगलाई रोक्न फुटपाथ ठेलागाडा पसल, अनाधिकृत पार्किङ यथाशीघ्र हटाउनको लागि नगरपालिकाले मंगलबार सूचना जारी गरेको हो ।



चन्द्रागिरि नगरपालिकाको सतुंगल चोक, गुरुजुधारा चोक, थानकोट चोक, तिनथाना चोक,श्रृजना चोक लगायतका क्षेत्रमा फुटपाथ अतिक्रमण गरि व्यापार व्यवसाय गर्ने गरेको र नगरका अन्य खुल्ला क्षेत्र जस्तै मातातीर्थ मन्दिर क्षेत्र, नैकाप फुटबल मैदान,बौथली चोक लगायतका क्षेत्रमा पछिल्लो समय ठेलागाडा व्यवसाय संचालन हुने गरेको छ । सडक सुरक्षा र सहरी सौदर्यतालाई प्रथमिकतामा राखि नगरले फुटपाथ ठेलागाडा पसल ,अनाधिकृत पार्किङ हटाउने भएको हो । सुचना अबज्ञा भएको पाइएमा नगर प्रहरी परिचालन गरि प्रचलीत कानुन बमोजिम भइ जाने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हेमराज अर्यालले जानकारी दिए ।