काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै विश्व बिद्यालय र प्रतिष्ठानकोे कुलपति प्रधानमन्त्री नै हुने भन्ने निति परिमार्जीत हुनुपर्नेमा जोड दिएका छन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विश्वबिद्यालय एउटामात्र हुदाँ प्रधानमन्त्रीनै कुलपति हुने निति ठिकैपनि थियो होला तर अहिले विश्वबिद्यालय र प्रतिस्ठानको संख्यामक रुपमा बृद्धि भएको अवश्थामा प्रधानमन्त्रीनै कुलपति हुने कुरा कति बैज्ञानिक र कति ब्यवहारीक हुन्छ भन्ने कुरा सोच्न जरुरी रहेको बताए । एकेडेमिक ब्यक्तीत्व लाइनै कुलपति बनाइयो भने त्यो बढी फलदायी हुनसक्ने उनको तर्क छ । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकांक्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।” आगामी दिनमा सेवा प्रवाहलाई थप सरल, सहज र गुणस्तरीय बनाउनुपर्ने जिम्मेवारी प्रतिष्ठानको भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रतिस्पर्धी समाज, राष्ट्र र विश्वका निम्ति योग्य, दक्ष, इमानदार, दक्ष र देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।

 

पछिल्ला वर्षहरूमा प्रतिष्ठानले उल्लेख्य प्रगति गरेको आफूले महशुस गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तनमा आधारित अध्ययन, अनुसन्धान र आविस्कारमा समेत प्रतिष्ठानले गम्भीरतापूर्वक पहल लिने विश्वास व्यक्त गरे । आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए । उनले, “प्रतिष्ठानले विपन्नलाई सेवा मात्र दिइरहेको छैन, दक्ष र कर्मठ स्वास्थ्यकर्मीसमेत उत्पादन गरिरहेको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय