
काठमाडौं । रसुवा भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पुस मसान्तभित्र १० अर्ब ३२ करोड ५६ लाख रुपैयाँ राजश्व असुली भएको छ ।
पुस मसान्तसम्म कार्यालयले ८ अर्ब ९६ करोड २६ लाख राजश्व उठाउने लक्ष्य राखेकोमा यस अवधिका १० अर्ब ३२ ५६ लाख रुपैयाँ असुली गरेको हो । यो लक्ष्यको ३४ दशमलव ९५ प्रतिशत हो । चालु आवमा दण्ड तथा जरिवानाबाट २८ करोड २२ लाख रुपैयाँ संकलन गरेको प्रमुख पाठकले बताए । भन्सार याडमा सुधार,सुन तस्करी नियन्त्रणमा सक्रियता बढाएको,मालवस्तुको यर्थाथ मूल्यांकनमा कडाइ गरिएको छ ।



२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाका चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ ।