काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साँउदबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मन्त्री साँउदले ज्यान मार्ने धम्की दिएको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन् । बोहराले साउदलाई विभिन्न मितिमा पैसा दिएको तर फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको उजुरी पत्रमा उल्लेख छ । साँउदले आफूलाई ज्यानको धम्की दिएको भन्दै बोहराले उजुरी दिएका हुन ।

 

मन्त्री साउँदले उनीसँग कुनै लेनदेन नभएको र आफूले धम्की दिएको कुरा सत्य नभएको बताए । आफूविरूद्व बोहराले उजुरी दिएको विषयमा समेत जानकारी नभएको र त्यसबारे बुझिरहेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय