सरकारी निकायले विजुलीको शुल्क समयमै नर्तिदा सेवाग्राहीले सास्ती बेहोर्नु परेको छ । बिद्युत प्राधिकरण कार्यालय धनगढीले कैलालीको भुमिसुधार, मालपोत र नापी कार्यलयको बिद्युतको लाईन काटेपछि सेवाग्राहीहरु मारमा परेका हुन् ।

कैलालीको भुमिसुधार, मालपोत र नापी कार्यलयको बिद्युतको लाईन काटेको छ । बिद्युतको महसुल नतिरेपछि प्रधिकरणले १२ बजे लाईन काटेपछि सोमबार सेवाग्राहीका काम समेत अबरुद्ध भएका छन् । बिद्युत नभएपछि उक्त कार्यालयबाट पाउने सेवा सोमबार दिनभर पाएका छैनन् ।

उता नापी कार्यालयका सुचना अधिकारी दीर्घराज पाण्डे बिद्युतले जानकारी विना नै लाईन काटेको बताएका छन् । कार्यालयको लाईन दिउसो १२ बजे लाईन काटिएको उनले बताएका छन् ।

मालपोत कार्यालयले भने आफ्नो लाईन काटिए थाहै नपाएको बताउछन् । मालपोत कार्यालय कैलालीका प्रमुख प्रेससिह दौल्यालले भने कार्यलय प्रमुख पत्रकार पुगेपछि मात्रै बिद्युत लाईन काटिएको जानकारी पाएका थिए । कार्यालयको ३८ हजार, मालपोतको ३६ हजार बिद्युतको महसुल तिर्न पर्ने भएपछि लाईन काटिएको बताईएको छ । कार्यालयबाट पाउने सेवा सोमबार दिनभर पाउन सकेनन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय