झापा – द गोर्खा मेमोरियल फाउण्डेशन नेपालले यही माघ २७ गते गोर्खा सांगीतिक साँझ–२ आयोजना गर्ने भएको छ । तीन वर्षअघि पहिलो कार्यक्रम गरेको फाउण्डेशनले यसपटक काँकरभिट्टा टाउन हलमा लाइभ म्यूजिक कन्सर्ट गर्न लागेको हो ।मंगलवार काँकरभिट्टामा आयोजित पत्रकार भेटघाट कार्यक्रमका प्रमुख अतिथि गोर्खा मेमोरियल फण्ड यूकेका अध्यक्ष एवं बेलायतको फोक्सटन सिटीका पूर्व काउन्सिलर धनकिरण गुरुङले सो जानकारी दिएका हुन् ।

फोक्सटन सिटीमा पहिलो नेपाली काउन्सिलर बनेका उनी सांगीतिक क्षेत्रमा समेत सक्रिय छन् । गीतकार, संगीतकार र गायककारको छवि बनाएका गुरुङका दुई वटा गीतले अवार्डसमेत प्राप्त गरेका छन् ।धनकिरण मुख्य कलाकार रहने सांगीतिक साँझमा भारत दार्जिलिङबाट चर्चित हास्य कलाकार महेन्द्र बागदासको बेजोड हास्य प्रहसन रहने छ ।त्यस्तै, गायिका सृष्टि हिङ्माङ, द भ्वाइस अफ किड्सको रनर अप अनुजा कडँरियासहित अन्य कलाकार र ख्यातीप्राप्त ब्याण्डको प्रस्तुति रहने छ ।

कन्सर्टको उद्घोषण चर्चित उद्घोषक पश्चिम बंगालका मिस्टर सिंह र सञ्चारकर्मी भूमिका सुब्बाले गर्ने छन् । मेचीनगर नगरपालिका संरक्षक रहेको सांगीतिक साँझको सह आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लब रहेको छ ।कार्यक्रममा फाउण्डेशनका महासचिव जगत गुरुङ, काँकरभिट्टा भेट्रान फुटबल क्लबका महासचिव शेरबहादुर बस्नेत(सुन्दर), प्रथम उपाध्यक्ष राजु पौडेललगायत फाउण्डेशन र भेट्रानका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।

फाउण्डेशनका अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत फाउण्डेशनका उपाध्यक्ष एवं भेट्रानका अध्यक्ष गंगालाल गुरुङ र सञ्चालन फाउण्डेशनका सदस्य सन्तोष आचार्यले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय