कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी गरेको छ ।

प्रदेश सरकारले सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालनको तयारी गरेको हो । प्रदेश सरकारले सुर्खेतबाट आन्तरिक हवाई सेवा विस्तारका लागि पटक–पटक गरेको आग्रहलाई नेपाल वायुसेवा निगमले कार्यान्वयनमा ल्याउँदै छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा आन्तरिक उडानका लागि आवश्यक पर्ने नीतिगत, भौतिक पूर्वाधार निर्माणलगायत क्षेत्रमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनु भयो । उहाँले आन्तरिक उडान थप गरेर कर्णालीबासीको जीवनयापन सहज बनाउन प्रदेश सरकारको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

नेपाल वायु सेवा निगमका सुर्खेत उडान समितिका संयोजक महेशकुमार मरिता, सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख राजन ढुङेगल, निगमका इञ्जिनियरिङ मर्मत विभागका व्यवस्थापक देवेन्द्र पुनलगायतले हवाई उडानका लागि विमानस्थलको अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय