अछाममा आगलागी हुँदा दुई बालबालिकको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–३ ठाँटी दर्बा को गैरामा साँझ आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीका अनुसार घर नजिकै बालेको आगो गोठमा सल्किँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अंकित बुढाको मृत्यु भएको हो । आगो स्थानीय र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन । क्षतिको पूर्ण विवरण संकलन गर्नै बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय