काठमाडौं । नेपाली फिल्म ‘अगस्त्य च्याप्टर १’ को ‘मायामा तिम्रो मायामा’ बोलको भिडियो सार्वजनिक भएको छ । फागुन १८ गते रिलिज हुन थालेको फिल्म ‘अगस्त्य च्याप्टर १’ को प्रेमभावको गीत ओएसआर डिजिटलले सार्वजनिक गरेको हो ।

एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको गीतमा एसडी योगीले नै संगीत भरेका छन् भने मिक्सिङ मास्टरिङ रहेको गीतमा सबिन एकतारेको शब्द, रिकेश गुरुङ संगीत निर्माता रहेका छन् । फिल्ममा शौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको फस्टलुक सार्वजनिक भएदेखि नै चासोको विषय बन्नुका साथै केही दिन अघि सार्वजनिक भएको टिजरले चौतर्फी तारिफ पाइरहेको छ । टिजरबाट मिलेको सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेल निर्माता तथा विश्व गौचन, अभिषेक चौधरी कार्यकारी निर्माता छन् । फिल्ममा सञ्जय लामाको छायाङ्कन, मनोज श्रेष्ठको भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा, भास्कर स्वारको पाश्र्व संगीत, सुप्रिम पराजुलीको कलर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय