भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरोले मौसम उपग्रह आएनएसएटी– अन्तरिक्षमा प्रक्षेपण गरेको छ । मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट साँझ प्रक्षेपण गरिएको हो । प्रक्षेपण गरेको उपग्रहलाई जियोसिंक्रोनस ट्रान्सफर अर्बिटमा सफलतापूर्वक प्रवेश गरेको इसरोले सामाजिक सञ्जालमा पोष्ट गरेको छ ।

उपग्रह परिष्कृत मौसम विज्ञान अवलोकन र मौसम पूर्वानुमान र प्रकोप चेतावनीको लागि भूमि र समुद्र सतहहरूको निगरानीको लागि डिजाइन गरिएको इसरोले जनाएको छ । २ हजार २ सय ७४ केजी तौल भएको उक्त स्याटेलाइटले भारतको मौसम विज्ञान विभागलगायत पृथ्वी विज्ञान मन्त्रालयअन्तर्गतका विभिन्न विभागहरूलाई सहयोग पु¥याउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय