वीरगंज- सर्वपक्षीय सहमती पश्चात निषेधाज्ञाका क्रममा प्रहरीले पक्राउ गरेको २१ जनालाई रिहा गरेको छ । दुई समुदाय विचको विवाद पश्चात उत्पन्न परिस्थितीका कारण स्थानीय प्रशासनले जारी गरेको कार्फ्यू आदेश सम्बन्धमा सर्वपक्षीय बैठकले विभिन्न निर्णयहरु गरे पछि पक्राउ परेका २१ जनालाई रिहा गरिएको पत्रकार मनोज पटेलले जानकारी दिनु भयो । आन्दोलनरत हिन्दु समाज समेतको सहमती पश्चात पक्राउ परेका सबै जनालाई राती साढे १० बजे रिहा गरिएको हो ।
दुई समुदाय विचको विवाद र स्थिती नियन्त्रणमा लिन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा सम्बन्धमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको अगुवाईमा मंगलवार साढे ११ बजे देखि बसेको सर्वपक्षीय बैठकले गरेको निर्णयमा हिन्दु समाजले समेत सहमती जनाएको छ ।






