नेपालगन्ज- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरुलाई आन्दोलनभन्दा पनि कानूनी प्रक्रियामा लाग्न आग्रह गरेका छन् । उनले आफुहरुले पीडितको न्यायका लागि कानून निर्माण गरेर प्रक्रिया अगाडि बढाएकाले त्यसमा लाग्न आग्रह गरेका हुन । नेपालगन्जमा आयोजित सुरक्षा गोष्ठीपछि आज आयोजना गरेको सर्बपक्षीय बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले मिटर व्याजीको न्यायका लागि देशभरबाट उजुरी माग गर्दा २६ हजार उजुरी परेको र बाँकीको हकमा जिल्ला प्रहरी कार्यालयमार्फत अहिले पनि उजुरी लिएको बताए ।

उजुरीबाट टुंगो नलागेका मुद्दा अदालतमा लैजाने व्यवस्थासमेत गरिएको गृहमन्त्री श्रेष्ठले बताए । राज्यको सम्पति लुट्ने र भ्रष्ट्राचार गरी सम्पति आर्जन गर्नेहरुको पहिचान गरेर खरबौंको सम्पति राज्यकोषमा जम्मा गरेको बताउँदै गृहमन्त्री श्रेष्ठले सुशासन विरोधी कार्यमा लाग्ने जुनसुकै पार्टीको र जस्तोसुकै शक्तिशाली व्यक्तिहरुलाई नछाडिने दोहो¥याए ।

उनले उपलब्धीको संस्थागत समाजिक आर्थिक रुपान्तरण, संक्रमणककालीन न्याय र दीगो शान्तिको कार्यभार पूरा गर्ने सरकारको कार्यदिशा रहेको भन्दै गणतन्त्रको स्थापनापछि हालसम्म सकारात्मक परिवर्तन भए पनि आफुहरु पनि पूर्ण सन्तुष्टि हुन नसकेको स्वीकार गरे । गृहमन्त्री श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्यायको लागि सरकार प्रयत्नशील रहेको उल्लेख गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय