बाँके- बाँकेका मध्यवती निकुञ्जको क्षेत्रमा विद्यार्थीहरु जोखिम मोलेरै आवत जावत गर्न बाध्य छन् । बन्यजन्तुबाट संभावित आक्रमणबाट बच्न समूहमा हिड्न सुझाव दिइए पनि यसको दीर्घकालिन समाधानमा लाग्नुपर्ने देखिन्छ ।

बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भित्ररहेका बिद्यालयका बिद्यार्थीहरुलाई जोखिम मोल्दै दैनिक रुपमा पठन पाठान गर्न जाँदा बन्यजन्तुको जोखिममा पर्न सक्ने सम्भावन बढदै गएको छ । पछिल्लो समयमा बाँके राष्ट्रिय निकुन्जको मध्यतर्वी क्षेत्र भित्र रहेका बिद्यालयका बिद्यार्थीहरु जोखिम पुर्ण अबस्थमा रहेका छन ।

साझ र बिहानको समयमा मध्यवर्ती क्षेत्र आसपासमा रहेका बिद्यालयहरुमा अध्ययनको लागी जाँदा बन्यजन्तुको जोखिम बढन थालेको कोहलपुर नगरपालिका वडा न १३ बाल शिक्षा माध्यमिक बिद्यालयका प्रध्ययानध्यपाक बताउछन् । बाँके रािष्ट्रय निकुन्जको मध्यवर्ती क्षेत्र भित्र प्राथमिक तह देखि माध्यमिक तह गरि १८ वटा बिद्यालयहरु रहेका छन् ।

निकुन्जमा बन्यजन्तुको सख्या बढेसगै मध्यवर्ती क्षेत्र भित्र बन्यजन्तुको जोखिम हुनु सोभाबिक हो तर पनि बन्य जन्तुका आनीबानी र आफु कसरी सुरक्षित हुने भन्ने बारेमा सचेत हुनु पर्ने बाँके राष्ट्रिय निकुन्ज मध्वर्ती क्षेत्र ब्यवस्थपान समितीका अध्यक्ष बताउछन् ।

सरोकारवाला निकायले निकुन्ज बारिपरिका बिद्यालयका बिद्यार्थीहरु जोखिमलाई वेवास्ता गर्दै आएका छन् । निकुन्जको मध्बर्ती क्षेत्रमा घाँस दाउरा होस वा अन्य कामको लागी एक्लै जानु हुदैन बिशेष गरेर बिद्यार्थीहरु एक्लै हिडनु भन्दा समुह बनाएर सगसगै हिडेमा बन्य जन्तुको सम्भाबित जोखिमबाट बच्न सकिने बिज्ञको सुझाब छ ।

बाँके राष्ट्रिय निकुन्जको मध्वर्ती क्षेत्र भित्र रहेका बिद्यालयका बिद्यार्थीहरुको सुरक्षाको लागी स्थानीय सरकार निकुन्जले पहिलो पा्रथमिकतामा राखेर तारबार नभएका बिद्यालयको क्षेत्रलाई तारवार र बिद्यार्थीहरुको जिवनको सुरक्षाको लागी बिशेष कार्यक्रम आबश्यक देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय