कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नं. ४ पिपरीमा गत शनिवार एक युवकको टाउको काटेर हत्या गरको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका वडा नं.४ पिपरीका श्याम कुमार उपाध्याय र उनकी दिदी पुष्पादेवी (गुडिया ) रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालतबाट थप अनुसन्धानका लागि म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएको छ ।

महाराजगंज नगरपालिका वडा नं. ६ भलवारीका २७ वर्षीय शिव कुमार कुर्मीको टाउको नरहेको शव सोमवार फेला परेको थियो । सो शवको टाउको ६ दिन पछि आज मात्र हत्या गरेको स्थान नजिकै गाडेको अवस्थामा प्रहरीले फेला पारेको छ । मृतक शिवकुमारको शव जलाएर गाडिएको अवस्थामा गत आईतवार राती कपिलवस्तु नगरपालिका वडा नं. ४ पिपरी गाउं देखि दक्षिण तर्फको नहरको कुलोमा फेला परेको थियो । शवको टाउको नरहेको र बांकी शरीर कुलोमा खाल्टो खनेर गाडेको अवस्थामा फेला परेको थियो ।

प्रहरीले हत्यामा प्रयोग भएका घरेलु हतियारहरु २ थान बन्चरो, कोदालो र अन्य हतियार प्रहरीले बरामद गरि सकेको छ । घटनामा संलग्न रहेका अन्यको पनि सुक्ष्म ढंगबाट खोजी कार्यलाई तिव्र बनाईएको प्रहरी नायब उपरीक्षक हरि बहादुर वलीले बताए ।

हत्या आरोपमा पक्राउ परेकी गुडिया र मृतक कुर्मी विच अवैध प्रेम सम्वन्ध रहेको बताईएको छ । गुडियाका पति बैदेशिक रोजगारीमा रहेका छन् । मृतक कुर्मीकी एक श्रीमती एक छोरी र एक छोरा छन् । आफ्ना पतिको हत्यामा संलग्न रहेका सवैलाई कडा कारवाही हुनु पर्ने मृतककी पत्नी उर्मिला कुर्मीले माग गरेकी छिन् । मेरो पतिले जति सुकै गल्ती गरेको भए पनि यसरी जघन्य ढंगले हत्या गर्ने सवैलाई कानुनले नछोडोस्, उनले भनिन् । घटनामा संलग्न अन्यको पनि खोजी भई रहेको र चाडै नै घटना विवरण सहित पत्रकार सम्मेलन गरी घटना श्रृंखला सार्वजनिक गरिने प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय