कालिकोट- कर्णालीको कालिकोटमा वालविवाह न्युनिकरण गर्न पहल सुरु भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र कालिकोटले वालविवाह न्युनिकरण गर्नका लागि भन्दै सडक नाटकमार्फत सचेतनामुलक कार्यक्रम अघि सारेको हो । बालबिबाह न्युनिकरणको लागि सामाजिक संघसंस्थासँगै स्थानीय सरकार र सामुदायिक प्रहरी सेवा केन्द्रले सँगसँगै काम गरिरहेका छन ।

सडक नाटकले दुर दराजमा रहेका समुदायलाई बाल–बिबाहका नकारात्मक पक्षका विषयमा जानकारी गराउन सघाउ पु¥याउने विश्वास गरिएको छ । चार वर्ष अघिसम्म ५७ प्रतिशत बालविवाह हुने गरेको थियो । अहिले घटेर त्यो संख्या ४० प्रतिशतमा झरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय