काठमाडौं । चन्द्रागिरि महांकाल ब्याडमिन्टन कभर्ड हलमा १३औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय–याकिङ्ग ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दैै प्रमुख गिरीले नगरपालिकामा हुने खेल गतिविधिलाई आफूले र नगरको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय ब्याडमिन्टन संघको आयोजना र माहांकाल ब्याडमिन्टन कभर्ड हलको सहआयोजनामा सुरु भएको प्रतियोगितामा देशभरबाट ४ सय ३० जना खेलाडीहरुबीच १२ विधामा प्रतिष्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको शीर्ष ८ बरियतामा रहेका पुरुष र महिलाको एकल, ८ बरियतादेखि बाहेकका पुरुषमा ४७ जना र महिला एकलमा २० जना, पुरुष डबल्समा २८ टिम, महिला डबल्समा ११ टिम, भेट्रान्स ४५ प्लसमा ४५ टिम, भेट्रान्स ५५ प्लसमा १६ टिमको सहभागिता रहेको छ । त्यस्तै, पुरुष यू–१३ मा ३५ टिम, महिला यू– १३ मा ११, पुरुष यू–१७ मा ४१ र महिला यू १७ मा १८ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख २३ हजार रहेको छ । शीर्ष ८ बरियताका खेलाडीहरुको प्रतिस्पर्धा दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेलाईने छ । यस विधामा सहभागी प्रत्येक खेलाडीले नगद १५ हजार प्राप्त गर्ने र लिग चरणका प्रत्येक खेलमा जित हात पारे बापत थप नगद १५ सय प्राप्त गर्ने छन् ।

दुई समूहका शीर्ष २ स्थान प्राप्त गर्ने खेलाडीहरुले सेमीफाईनलमा स्थान पक्का गर्नेछन् । विजेता खेलाडीले नगद ५० हजार, उपविजेताले नगद ३० हजार र सेमिफाईनलिस्ट दुई जनाले नगद १५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले मेडल, ट्रफी र प्रमाण पत्रका साथ शीर्ष ८ बरियतादेखि बाहेकको पुरुष एकल र महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् ।

यसैगरी पुरुष युगल तर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् । महिला युगल तर्फका शीर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् । यु–१७ र यु–१३ विधामा शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद १५ हजार, ८ हजार र ४ हजार तथा भेट्रान तथा मास्टर्सका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् । कार्यक्रमकै बीच कभर्ड हलमा नवनिर्मित प्याराफिटको पनि उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, खेलाडी, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय