काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नं ९ पशुपति बाहिनि मुख्यालयले केवलकारमा आपतकालिन उद्धार अभ्यास गरेको छ । केवलकारमा हुन सक्ने कुनै पनि दुर्घटना बाट उद्धार कसरी गर्ने बारे जानकारी दिदै अभ्यास सञ्चालन गरिएको जानकारी दिएको हो ।
केवलकार सुरक्षा एवं उद्धार अति नै चुनौतिपूर्ण रहेको कुरालाई दृष्टिगत गर्दै पशुपतिनाथ बाहिनी काठमाण्डौ र चन्द्रागिरी हिल्स प्रा.लि.को संयुक्त उद्धार अभ्यास गरेको हो । केबलकार प्रविधिलाई पूर्णतः सुरक्षित बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरिक्षक पुरोषत्तम थापाले बताए । सशस्त्र बलबाट २६ जना र चन्द्रगिरि हिल्सबाट ८ जना गरि ३४ जना सो अभ्यासमा सहभागी थिए ।