रुपन्देही- रुपन्देहीको देबदह नगरपालिका नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा जनप्रतिनिधिले नै तालावन्दी गरिदिए पछि बिवाद उत्कर्षमा पुगेको छ । बजेट बिनियोजनमा असन्तुष्टि जनाउदै काग्रेस र राप्रपाका प्रतिनीधिहरुले र प्रमुख र प्रशासकिय अधिकृतको कार्यकक्षमा सोमबारदेखि तालाबन्दी गरेका हुन ।

रुपन्देहीको देबदह नगर नगर प्रमुख धुबप्रसाद खरेल, प्रमुख प्रसासकिय अधिकृत कृष्णप्रसाद सापकोटाले कोषको रकम तोक आदेशका भरमा सम्झौता गरि रकम भुक्तनी दिएको भन्दै विपक्षी कांग्रेस र राप्रपा आन्दोलित भएका हुन । कोषको रकम तोक आदेशका भरमा सम्झौता गरि रकम भुक्तनी दिएको, नगर प्रमुखले आफ्नो कुल मन्दिरमा रकम जम्मा गरि वडाको सिफारिसमा रकम निकासा गरेको नदिजन्य पदार्थ चोरी तस्करी गरिएको असन्तुष्ट जनप्रतिनिधिको आरोप छ । जिल्ला प्रसासन कार्यलयले ट्याक्टर लगायतका उपकरण पक्राउ गरि कारबाहिका लागि प्रहरिमा पठाए पनि नगर प्रमुख र प्रशासकिय अधिकृत सापकोटाको मिलेमत्तोमा बिना राजस्व छाडेको आरोप पनि कांग्रेस र राप्रपाका जनप्रतिनिधिको छ ।

कार्यापालिकाको निर्णय बिना नगर प्रमुखले तोक आदेशको भरमा बिभिन्न र्शिषकमा रकम रकम बाँडेको पनि आरोप लागेको छ । नगर प्रमुख र प्रशासकिय अधिकृतको ज्यादतिका कारण सुशासन र आर्थिक पारदर्सिता नभएको जनप्रतिनिधि बताउछन । नगरको बैठकमा सहमति नजुटेपछि १२ मध्ये ७ वटा वडाध्यक्ष र पाँच कार्यपालिका सदस्यले फरक मत राखेका थिए । तर सहमति नजुटेपछि ताला लगाइएको असन्तुष्ट जनप्रतिनिधि बताउछन ।

नगर प्रमुख खरेलले केही वडा अध्यक्षको बिमति सूरु देखि नै रहेको बताउदै नगर खेलकुद बिकास समितिको गठन पछि बिवाद बढेको बताए । उनले वडाध्यक्षको रोहवरमा तालाबन्दी र तोडफोड गर्नेविरुद्ध कानुनी उपचारमा जाने उनको चेतावनी छ ।

आफुहरुले कानुन र नियम संगत काम नगरेको भए अदालत र अख्तियारमा जान सकिने प्रमुख खरेलेको भनाइ छ । उता आन्दोलित वडाअध्यक्षहरुले भने नगरपालिका भित्रको बिकृति बिसंगति र प्रमुख कार्यकारी अधिकृतको ज्यादति नरोके थप आन्दोलनको चेतावनी दिएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय