निजगढमा कृषि अध्ययनरत रहेकी एक किशोरिले आत्महत्या गरेकी छन् । श्री गौरी शंकर माध्यमिक विद्यालय निजगढ ८ मा अध्यनरत अन्दाजी १८ वर्षीया प्रियान्का यादबले आत्महत्या गरेकी हुन् ।

निजगढ नगरपािलका वडा नंं ८ मा रहेको वाशुदेब दाहलको घरमा भाडा बस्दै आएकी यादबले शनिबार राति करिब ९ः३० बजे आफ्नै कोठामा पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यलय निगजढका प्रमुख प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले जानकारी दिएको छ ।

घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा टोलीले घटनाबारे अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यलय निगजढले जानकारी दिएको छ । घटना के कारणले भयो भन्नेबारे अहिले कुनै जानकारी नआएको घटनास्थलमा पुगेका प्रहरीले जानकारी दिए ।

मैलापुर नगरपालिका वडा नंम्बर ३ मा घर भएकी यादब अध्ययनका निम्ति निजगढ आएकी थिईन । उनी घरकी जेठी छोरी हुन भने उनको एक बहिनी र दुई भाई छन ।

यादबको बुबा सिवपुचन यादव चिकित्सक हुन अन्तिम पटक शनिवार बुबा छोरीको भेट भएको थियो ।

छोरीलाई भेटोर घर पुगेका सिवपुचन यादवले आफु घर पुगेको खवर छोरीलाई बताउन संम्पर्ग गर्दा छोरीको फोन नउठेपछि छेउको कोठामा भाडामा बसेकी प्रियान्काको साथिलाई संम्पर्ग गर्दा छोरीले आत्महत्या गरेको थाहा भएको मृतक यादबका बुबाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय