हुम्ला- हुम्लाको सिमकोट गाउँपालिका वडा नम्वर १ स्थित दोजामका वडाध्यक्ष गोर्ख लामाले भाषण गर्नु भन्दा काम गरेर देखाउनु पर्ने भन्दै स्थानीय नागरिकलाई निशुल्क खाद्यान्न वितरण गरेकाछन् । सिमकोट गाउँपालिका वडा नम्वर १ र २ को चैतलो पर्वलाई मध्य नजर गर्दै वडाध्यक्ष लामाले १ नम्र वडाका २ सय १५ घरदुरी मध्य विहिबार १ सय घर परिवारलाई खाद्यान्न वितरण गरेकाहुन ।

२०७९ को स्थानीय निर्वाचनमा निर्वाचित हुनु भएका वडाध्यक्ष लामाले खाद्यान्न वितरण कार्यक्रममा बोल्दै आफ्नो २० महिनाको नेपाल सरकारबाट आउने सेवासुविधा बापतको रकमले गाउँका स्थानीय नागरिकलाई निशुल्क रुपमा खाद्यान्न वितरण गरेको बताए ।अध्यक्ष लामाका अनुसार भौगोलिक हिसावले आफ्नो वडा दुई बस्ती भएकाले पहिलो चरण ठेहे गाउँका १ सय घरधुरीलाई प्रति घरदुरी एक लिटर तेल, पाँच किलो नुन, पाँच किलो आटा राहत स्वरुप वितरण गरिएको छ भने दोस्रो चरणमा दोजाम गाउँका १ सय १५ घरधुरीलाई पनि राहत सहयोग गरिने अध्यक्ष लामाको भनाइ छ ।

गाउँमै आएर दुःख बुझेर चुलोमा आगो बाल्ने प्रयास गरिएकोमा अध्यक्ष लामाबाट आगमी दिनमा पनि सहयोगको अपेक्षा गरिएको स्थानीय जसु भण्डारीले बताए । त्यस्तै खाद्यान्न अभावको बेला गाउँमै सानो भएपनि राहत पाउँदा धेरै खुसी भएको स्थानीय काली बहादुर भण्डारीले बताए ।

नेपाल सरकारले उपलव्ध गराउँदै आएको सो सेवासुविधा अवदेखि नियमित रुपमा विपन्न वर्गका नागरिकलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । वितरण कार्यक्रममा अध्यक्ष लामाले आफू वडामा हुँदासम्म जनताको हकहित र अधिकारको लागि सधैँ लडिरहने र भाषणमा मात्रै सिमित नरहि जनतालाई काम देखाउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय