बाजुरा- बाजुराको बुढिनन्दा नगरपालिका २ जनप्रकाश माविको मैदानमा करोडौ खर्च गरेको जैतुन अहिले सुक्दै गएको छ । जैतुनको परियोजना सकिएसँगै अहिले जैतुन पनि सुकेर गएको हो । इटलियन सरकारको सहयोगमा सन् २००६ मा लगाएको जैतुन सन् २०१६ मा सफल भएको भन्दै परियोजना सकिएको थियो ।

तर परियोजना सकिएसँगै जैतुन पनि सकिदै गएको छ । परियोजनाले स्थानिय सरकारलाई हस्तान्तरण गरेको थियो । परियोजना सफल भएको संगै बाजुरामा जैतुनको सम्भावना रहेको भन्दै सरकारले जैतुन जोनको रुपमा घोषणा गरेको भए पनि उपलब्धी शुन्य रहेको छ । कोल्टी क्षेत्रमा जैतुन जोनको सरकारी कार्यालय रहेको भए पनि कुनै काम नगरेको पाईएको छ ।

इटलियन सरकारले बाजुरा, डोल्पा र काठमाडौमा जैतुनको परिक्षण गरेको थियो । सो परिक्षणका लागि १४ लाख युरो खर्च भएको थियो । त्यस मध्ये ५० प्रतिशत अर्थात ७ करोड युुरो बाजुरामा खर्च भएको थियो । ९ करोड बढी खर्च गरेको जैतुन अहिले बिरुवा सुकेर सकिसकेको छ भने अर्को जनप्रकाश माविका विद्यार्थीको शौच गर्ने ठाउँ बनिरहेको छ । परिक्षणका लागि कोल्टीमा लगाएको जैतुन ३.५ हेक्टर जमिनमा ६ सय ३६ विरुवा रोपेका थियो । त्यसमा २८ प्रजातिको जैतुन लगाईएको थियो । बाजुरामा हाल स्थानिय र विकसित जातका गरि करिव ३० प्रजातिको जैतुन रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय