हुम्ला- शनिबार राती ९ बजेदेखि हुम्लाको उत्तरी भेगमा हिमपात सुरुभएको छ भन दक्षिणी भेगमा वर्षा समेत भएको छ । उत्तरी नाम्खा गाउँपालिकाको लिमि, चाला, मुचु, हिल्सा, यारी, तुम्कोट, खगालगाउँ, हेप्का केर्मी र सदरमुकाम सिमकोट गाउँपालिका आसपास हिमपात भएको हो । हिमपातसँग किसानहरूको मुहारमा समेत खुसी छाएको छ । यस वर्ष अन्नबाली राम्रो हुने भन्दै किसानहरू खुसी देखिन्छन् । हिमालपारीको गाउँ लिमीमा पछिल्लो समय हिउँ परेपछि गाउँमा छर्न तयार गरिएका नाफल, उवा राम्रो हुने नाम्खाका स्थानीयको भनाइ छ ।

समयमै हिउँ नपरेपछि अन्न राम्रो हुँदैन तर यस वर्ष उत्पादन रामै हुने स्थानीयको भनाई छ । एक फिट हिउँ जमेकाले यतिवेला सो क्षेत्रका स्थानीयहरु आगो बालेर घर भित्रै बस्न बाध्य भएका छन् ।

सदरमुकाम आउजाउ गर्न न्यालुलेख बन्द छ । अब चैत–बैशाखमा मात्रै खुल्छ स्थानीयले बताउने गरेका छन् । यस्तै सदरमुकाममा पनि हिमपात भएपछि नेपालगन्ज, सुर्खेतबाट हुने नियमित उडान शनिबारबाट प्रभावित भएको छ । प्रतिकूल मौसमका कारण हवाई उडान हुन सकेको छैन ।

उत्तरी भेगका सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिका क्षेत्रमा हिमपात भएको छ । तर दक्षिणी भेगका चार गाउँपालिका चंखेली, सर्केगाड, अदानचुली, ताजाकोटमा भने वर्षा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय