वृहद् नागरिक आन्दोलनले आइतबार संविधान संशोधनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरेको छ।
संविधान संशोधन मार्च नाम दिइएको उक्त प्रदर्शन माइतीघरबाट सुरू भएर नयाँ बानेश्वरस्थित संसद भवनअगाडिसम्म पुगेर सभामा परिणत भएको थियो।
सभामा विभिन्न समुदायबाट प्रतिनिधित्व गर्दै विभिन्न वक्ताहरूले बोलेका थिए। उनीहरूले अहिलेको संविधान कसरी विभेदकारी छ भन्नेबारे बताएका थिए।
सभामा सहभागीहरूले ‘असोज तीन, कालो दिन’, नश्लीय संविधान- मुर्दावादलगायतका नारा लगाएका थिए।
प्रदर्शनकारीहरूले यस्ता विभिन्न नारा लेखिएका प्ले कार्डहरू पनि बोकेका थिए।