चेक गणतन्त्रकी सुन्दरी क्रिस्टिना पाइस्कोभा ७१औँ ‘मिस वर्ल्ड’ बन्न सफल भएकिछिन।सन् १९९६ पछि दोस्रोपटक भारतमा आयोजना भएको उक्त प्रतियोगिताको विजेता शनिबार राति घोषणा गरिएको थियो। सन् २०२३ को मिस वर्ल्डको उपाधि जितेपछि पाइस्कोभाले मुम्बईमा मिडियासँग कुरा समेत गरेकी छन्।

उनले भनिन्, ‘म धेरै उत्साहित छु। मिस वर्ल्ड एउटा यस्तो चिज हो, जसका लागि मैले धेरै मेहनत गरिरहेकी थिएँ। मलाई थाहा छ– मिस वर्ल्ड प्लेटफर्मले हामीलाई महत्त्वपूर्ण ठानेका मुद्दाहरूका लागि बोल्ने क्षमता दिन्छ। जहाँसम्म मेरो कुरा छ, म सकेसम्म धेरै बच्चाहरूलाई मद्दत गर्नेछु।’लेबनानकी यास्मिन अजायतौन फस्ट रनरअप भएकिछिन।

छिमेकी मुलुक भारतकी सिनी शेट्टी यस प्रतियोगितामा सातौँ स्थानमा रहिन्। नेपालकी प्रियंकारानी जोशी अन्तिम ४० सम्म मात्रै अटाउन सकिन्।यसअघि सन् २०२३ को नोभेम्बरमा एल साल्भाडोरमा आयोजित मिस युनिभर्स २०२३ प्रतियोगिताको विजेता निकारागुआकी शेनिस पलासियोस भएकी थिइन्।

यो प्रतियोगिता यसअघि सन् २०२३ को मेमा संयुक्त अरब इमिरेट्समा आयोजना हुने भनिएको थियो। तर त्यसबेला स्थगन भएपछि यो प्रतियोगिता भारतमा सेप्टेम्बरमै गर्ने घोषणा भएको थियो। तर, केही कारण डिसेम्बर र त्यसपछि मार्चमा आयोजना गर्ने निर्णय भयो। अब ७२औँ मिस वर्ल्ड प्रतियोगिता २०२५ मा आयोजना हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय