कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि भएको आगलागीबारे स्थलगत अनुगमन गर्न सडक विभागको टोली कैलाली पुगेकोे छ । पुलमा पुगेको क्षति आंकलन नभएसम्मका लागि पुलमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेश जोड्ने कर्णाली नदीमाथिको पुलमा गुडिरहेको ट्रकमा सोमबार आगो लाग्दा त्यसबाट निस्केको लप्काले पुलका लट्ठामा क्षति पु¥याएको छ । लट्ठामा क्षति पुग्दा पुलमा परेको जोखिम अनुगमन गर्न सडक विभागको टोली गएको हो । मंगलबा नै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पुलको अनुगमन गरेका छन । कर्णाली प्रदेश सरकारले क्षति र जोखिम यकिन गर्न केही दिनका लागि पुल बन्द हुने जनाएको छ ।

मुख्य राजमार्गको पुल बन्द भएपछि टीकापुर–सत्ती हुँदै हुलाकी राजमार्गबाट सवारीसाधन सञ्चालन भैरहेका छन । वीरगञ्जबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा हिजो अपराह्न एक्कासी आगो लागेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय