जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ । टोकियोस्थित स्पेस वानको १८ मिटर अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि इन्धनमा आगो सल्किएपछि विस्फोट भएको हो ।

विस्फोट हुनु पहिले सुदूर पहाडी क्षेत्रमा सेतो धुवाँ निस्किएको थियो। उक्त रकेट केही सेकेन्डभित्र नै विस्फोट भई भीषण ज्वालासहित जमिनमा खसेको थियो । विस्फोटवारे अनुसन्धान भैरहेको बताइएको छ । नजिकैको नदी किनारलगायत सार्वजनिक दृश्यावलोकन स्थलमा भेला भएका सयौँ मानिसले देखेका दृश्यमा रकेटको पानी छर्किन प्रयोग गरिने यन्त्रले पानी छ्याप्न थालेपछि जलिरहेको भग्नावशेष जमिनमा खसेको थियो । पार्टपुर्जाको अभाव र अन्य समस्याका कारण स्पेस वानले बुधबारको प्रयासअघि काइरोसको प्रक्षेपण पाँच पटक स्थगित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय