पोखरा- कास्की जिल्लाको पोखरा शहरलाई पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा भएको छ । आज पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन । प्रधानमन्त्री दाहालले पोखरा प्राकृतिक,साँस्कृतिक शाहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै नेपालको पर्यटन राजधानी घोषणा गरे ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक,साँस्कृतिक शाहसिक क्षेत्रको दृष्टिले अनुपम विश्वमा शिर्ष पर्यटीय गन्तव्यको रुपमा ख्याती प्राप्त सुन्दर पोखरालाई मुलुकै पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा गरिएको बताए ।

पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो । उक्त गन्तव्य आजदेखि मुलुकै पर्यटनको लागि राजाधानीको रुपमा नेपाल सरकारबाट घोषणा भएको हो । उहाँले पर्यटकीय राजधानी घोषणा भएसँगै गण्डकी प्रदेश सरकार, स्थानीय तहको नीतिहरु पर्यटन क्षेत्रको विकासमा हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय