काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका कृष्णबहादुर महरा पक्राउ परेका छन् । साढे चार वर्षको अवधिमा महरा दोस्रो पटक पक्राउ परेका हुन । उनी फरक फरक मुद्दामा यो अवधिमा पक्राउ परेका हुन् । पहिलो पटक पक्राउ पर्दा उनी १३३ दिन थुनामा समेत बसेका थिए ।पूर्वसभामुख समेत रहेका नेता महरा पहिलो पटक २०७६ साल असोज १९ गते बलात्कार आरोपमा काठमाडौँबाट पक्राउ परेका थिए भने दोस्रो पटक उनी सोमबार रुपन्देहीको भैरहवाबाट पक्राउ परेका हुन् । महरालाई सोमबार नै भैरहवाबाट काठमाडौँ ल्याएर अनुसन्धन प्रक्रिया अघि बढाइएको छ ।
इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा महराको ‘कनेक्सन’ देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले महराको बयान कागज गराए पनि प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो । चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ महराले यसअघि अनुसन्धान अधिकृतहरुलार्य बयान थिएका थिए । सीआईबीका अनुसन्धान अधिकृतहरूसँग महराले चिनियाँ सुन तस्कर दाओजिन वाङसँग आफ्नो पुरानो चिनजान रहेको पनी स्विकारेका थिए । यसैगरी सो प्रकरणमा महरासँग सुन तस्करी जाँचबुझ आयोगले पनि बयान लिएको थियो ।



जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीमा पुगेपछि महरा पक्राउ परेका हुन् । जुन प्रतिवेदनमा महराविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको थियो । नेता महराका छोरा राहुल पनि सोही प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि थुनामा छन् ।
कृष्ण बहादुर महरा सवार यती एयरलाइन्सको विमान काठमाडौंमा अवतरण भएको छ । उनलाई केन्द्रिय अनुसन्धान ब्यूरोमा लगिँने प्रहरीले जानकारी दिएको छ ।महरालाई भैरहवा विमानस्थलबाट यति एयरलाइन्सको जहाजमा काठमाडौं ल्याइँएको हो । सुन तस्करी प्रकरणमा जोडिएका महरालाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले आइतबार प्रहरीलाई निर्देशन दिएका थिए । पूर्व सभामुख समेत रहेका महरालाई १३८ किलो सुन तस्करीको जाँचबुझ गर्न बनेको आयोगले दोषी ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो ।



