काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा रहेको विजुलीको पोलमा आगलागी भएको छ ।

मातातीर्थस्थित बालागाउँमा भएको विजुलीको तारमा आगलागी भएको हो । आगलागी के कति कारणले भयो भन्ने थाहा हुन सकेको छैन । चन्द्रागिरि नगरपालिकाले पोलहरुमा भएको अव्यवस्थित तारहरु हताउने भने पनि तारहरु अझै हट्न सकेको छैन । आगलागी हुँदा विजुली सर्ट भई पड्किएपछि तार छिन्नभिन्न भएको छ । आगलागीबाट उक्त क्षेत्र वरपर नेट र टेलिफोन सेवा अवरुद्ध हुन पुगेको छ । आगलागीबाट धनजनको क्षति भने भएका छैन ।

पोलमा आगलागी भएपछि स्थानीयले नेपाल विद्युत प्राधिकरणलाई जानकारी गराएका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय