सर्लाही- भारतका दुईजना कुख्यात अपराधी सर्लाहीको बरहथवा नगरपालिकाबाट पक्राउ परेको छ । पक्राउ पर्नेमा भारत बिहार सीतामढी सैयारा ग्राम पञ्चायत बस्ने लक्ष्मण सिंहको छोरा वर्ष २८ का सन्नी कुमार सिंह र मोतीहारी गंगा पिपरा बस्ने अशोक राउतका २४ वर्षिय छोरा जितेन्द्र राउत रहेकाछन् ।भारतीय अपराधी लुकेको गोप्य सुचनाको आधारमा सर्लाही प्रहरीले दुबैजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सर्लाहीको बरहथवा नगरपालिका वाड नम्बर ६ स्थित डेरा गरी बस्दै आएका दुबैजनालाई राति साढे ८ बजे प्रहरीले पक्राउ गरेको हो । प्रहरी पुगेपछि जितेन्द्रले प्रहरीमाथि पनि गोली प्रहार गरेका थिए । अपराधीले चलाएको गोलीबाट प्रहरी धनदै बचेको प्रहरीको भनाइ छ ।

बरहथवाबाट अपराधीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मलंगवा लैजाने क्रममा बाटोमा प्रहरी भ्यानबाट जितेन्द्र भाग्न समेत खोजेका थिए । प्रहरी माथि कुटपिट तथा तछाडमछाड गरि अपराधी भागन खाजेपछि निजलाई समात्न प्रहरीले ५ राउन्ड गोली समेत प्रहार गरेको थियो । सोही गोली निजको दायाँबायाँ खुट्टामा लागेपछि निजलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । दुबै खुट्टामा गोलि लागेर घाइते जितेन्द्रको उपचार प्रादेशिक अस्पताल मलंगवामा सम्भव नभएपछि निजलाई थप उपचारका लागि जनकपुर पठाईएको प्रहरीले बताए ।

जितेन्द्रको साथबाट प्रहरीले मेडियन अमेरिका अटोमेटिक पिस्तोल १ थान त्यसमा प्रयोग हुने ९ एमएमका गोली ५ पिस र एउटा खोखा र म्यागजिन बरामद गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेका दुबैजना सातिर अपराधी हुन । उनीहरू माथि भारतमा ४ वटा हत्या, डकैती र लागुऔषध कारोवारमा मुद्दा दर्ता रहेको छ । भारतीय प्रहरीको खोजी सुचिमा रहेका दुबैजनालाई सर्लाही प्रहरीले पक्राउ गरेको हो ।

भारतमा लोकसभाको निर्वाचन नजिकिँदै जादा भारतका कुख्यात अपराधीहरूको वासस्थान नेपालको मधेश प्रदेश बनेको छ । मधेश प्रदेशका ८ जिल्ला भारतीय अपराधीहरूको मुख्य ठेगाना बनेको जानकारहरूको भनाई छ । केही दिन पहिला पनि रौतहटमा भारतीय अपराधीहरू हाथहतियार सहित पक्राउ परेको थियो । मंगलबार मात्र सर्लाहीमा पनि भारतीय कुख्यात २ जना अपराधी बरहथवाबाट पक्राउ पर्नु चिन्ताको बिषय बनेको छ । मधेश प्रदेशका प्रहरी प्रशासन सुरक्षा सतर्कता अपनाएन भने यश प्रदेशमा हत्या हिंसामा बढोतरी हुने प्रहरीकै भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय