वीरगन्ज- राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले राजदरबार हत्याकाण्डको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन ठूला दलहरुलाई चुनौती दिएका छन्।बुधबार बिहान वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहको लोकप्रियताबाट अत्तालिएर ठूला दलहरुले दरबार हत्याकाण्डमा पूर्वराजालाई मुछ्ने गरेको बताए ।

उनले भने,जब जब राजाको लोकप्रियता बढ्छ तब तब ठूला दलहरुले राजालाई धम्क्याउन दरबार हत्याकाण्डमा राजालाई मुछ्दै आएका छन्। उनले थपे,ञबारम्बार दरबार हत्याकाण्डसंग जोडेर पूर्वराजालाई धम्क्याउने र बदनाम गर्न खोज्नेहरुले हिम्मत छ भने छानबिन आयोग गठन गरेर सत्यतथ्य सार्वजनिक गरुन्। यदि दरबार हत्याकाण्डमा पूर्वराजा दोषी नै थिए भने दरबार हत्याकाण्डपछि शेरबहादुर देउवा,केपी ओली,प्रचण्ड,माधव नेपालहरु पटक पटक प्रधानमन्त्री भए।आँफु पटक पटक प्रधानमन्त्री भएका बेला ती नेताहरुले दरबार हत्याकाण्डको किन छानबिन गरेनन् ? किन राजालाई जेलमा हालेनन् ?, लिङ्देनको प्रश्न थियो । अध्यक्ष लिङ्देनले गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगायतका एजेन्डा लिएर अहिले राप्रपा जनताको बिचमा आएको बताए ।राप्रपाका यी मुद्दाको पक्षमा जनताको समर्थनपनि प्राप्त भइरहेको दाबी उनले गरे।

अध्यक्ष लिङ्देनले नेपालमा गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापना नेपाली जनताकै बलमा हुनुपर्ने राप्रपाको मान्यता रहेको बताए ।यसमा कुनैपनि विदेशी शक्तिको हस्तक्षेप राप्रपालाई स्विकार्य नहुने उनले बताए । अध्यक्ष लिङ्देनले भने,विदेशीको साथ र सहयोगबाट आउने कुनैपनि परिवर्तन स्थायी हुदैन । जनताको लागिपनि हितकर हुदैन ।यो कूरा गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताले नै पुष्टि भइसकेको छ।

त्यसैकारण नेपालमा गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापना नेपाली जनताकै चाहना र बलमा हुनुपर्छ भन्ने मान्यता राप्रपाको रहेको उनले दोहोर्याए। गणतन्त्र र संघीयताले नेपालीको पहिचान,धर्म,भाषा,संस्कृतिलाई खतरामा पारेकाले राप्रपाले गणतन्त्र र संघीयता खारेजीको माग गरेको उनले बताए । पत्रकार सम्मेलनमा राप्रपाका महामन्त्री धवलशम्सेर जबरा, नेता रविन्द्र मिश्र,सांसद ज्ञानेन्द्र शाही, विणा जयसवाल लगायतकोपनि उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय