काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बिहीबार बहराइनको सामना गर्दैछ ।

समूह ‘एच’ मा रहेको नेपालले ‘होम एन्ड अवे’का आधारमा हुने छनोटअन्तर्गत बिहीबारको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल्नुपर्ने थियो । तर, दशरथ रंगशालको मैदानको स्तर राम्रो नभएकोले नेपालले ‘होम म्याच’ बहराइनमै खेल्न लागेको हो । बहराइनको राष्ट्रिय रंगशालमा हुने खेल नेपाली समयअनुसार १२ः४५ बजे शुरू हुने छ । यस्तै, नेपालले चैत्र १३ गते ‘अवे’ म्याच पनि बहराइनमै खेल्नेछ । नेपालको सिनियर टोलीले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।नेपाल रहेको समूह ‘एच’ मा यूएई, बहराइन र यमन रहेका छन् ।

नेपाल पहिलो खेलमा यूएईसँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोल अन्तरले पराजित भएको थियो । यस समूहमा शतप्रतिशत जितसहित यूएई अंक तालिकाको शीर्ष स्थानमा छ । यूएईले २ खेलबाट ६ अंक जोडेको छ ।यूएईसँग २–० गोल अन्तरले पराजित भएको बहराइनको समान खेलबाट ३ अंक छ । बहराइनले यमनलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

 

बहराइनसँग समान अंक भएपनि यमन तालिकामा तेस्रो स्थानमा छ । नेपालभने जितविहीन र अंकविहीन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय