काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।

चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका हुन । उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य जस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता नहुने स्पष्ट पारे । ‘गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनैपर्ने भन्दै प्रचण्डले ‘दक्ष जनशक्ति उत्पादन वृद्धिका साथै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डहरूको परिपालनसमेत उत्तिकै अनिवार्य र महत्त्वपूर्ण रहेको बताए । नेपालको चिकित्सा शिक्षा प्रणाली बाहिरी मुलुकहरूबाट नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि समेत आकर्षणको केन्द्रको रूपमा स्थापित हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । प्रचण्डले आयोगबाट प्रस्तुत प्रतिवेदनमा विदेशी विद्यार्थीको संख्या बढ्दै जानुले चिकित्सा क्षेत्रमा आकर्षण बढ्दै गएको देखिएको बताए ।प्रधानमन्त्री प्रचण्डले शैक्षिक ‘कार्यतालिका’लाई प्रभावकारी तवरले कार्यान्वयन गर्न पनि निर्देशन दिए ।

 

नर्सिङ क्षेत्रमा आएका समस्या समाधानका लागि आयोगबाट गठित कार्यदलको प्रतिवेदनले ठोस सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिवेदनका सही सुझावहरूलाई कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय