भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवाल बिहीबार पक्राउ परेका हुन ।

भारतीय प्रवर्तन निर्देशनालय(ईडी)ले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग माहतरहेको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार कथित मदिरा घोटाला प्रकरणमा करिब २ घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको हो ।केजरिवाल पक्राउ परेसँगै भारतमा चर्को प्रतिक्रिया उत्पन्न भएको छ । भारतमा आमनिर्वाचन सुरु हुन केही साता मात्रै बाँकी रहँदा सरकारको यो कदमलाई विश्लेषकले राजनीतिक मानेका छन् । तेस्रो पटक प्रधानमन्त्रीको कुर्सी ताकिरहेका नरेन्द्र मोदीले केजरीवाललाई पक्राउ गरेर आफ्ना विरोधीहरुलाई कडा सन्देश दिन खोजेको विश्लेषण गरिएको छ । मोदी सरकारको अनुदार र अतिवादी छविलाई यो घटनाले अझै धेरै प्रस्फुटन गरेको विश्लेषण पश्चिमी मिडियाहरूले गरेका छन् भने भारतीय मिडियाहरू भने सधैँजस्तो मोदीकै प्रतिरक्षामा उभिएका छन् । भारतिय जनता पार्टी (विजेपी)का वरिष्ठ नेता रवि शंकर प्रसादले भने केजरीवाल पक्राउ पर्नु स्वभाविक भएको बताए । उनले भने, ‘यो एउटा कानूनी प्रक्रिया हो जुन भ्रष्टाचार नियन्त्रणका लागि अति आवश्यक छ । कानूनलाई आफ्नो काम गर्न दिनुपर्छ ।’

भारतको मुख्य प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसले विजेपीमाथि कर विभागलाई प्रयोग गरेर आफ्नो पार्टीको वित्तीय प्रणाली अवरुद्ध तुल्याएको आरोप लगाएको केही घण्टापछि नै केजरीवाल गिरफ्तार भए । कांग्रेसका अनुसार उनीहरूको बैंक खाता कर विभागले रोक्का गरेको दाबी गरेको छ, जसले गर्दा बैंकमा रहेको २ करोड डलरभन्दा बढी रकम प्रयोग गर्न सकिरहेको छैन । पछिल्लो घटनाक्रमलाई कांग्रेसका नेता राहुल गान्धीले दिल्लीमा पत्रकार सम्मेलन गर्दै ‘हामी आफ्नो अभियानका कामहरू गर्न सकिरहेका छैनौँ । आफ्ना कार्यकर्ता र उम्मेदवारलाई सहयोग गर्न असमर्थ भइरहेका छौँ । हाम्रा नेताहरू देशको एउटा कुनाबाट अर्को कुनामा जान सक्ने अवस्था छैन । हामी सञ्चारमाध्यममा विज्ञापन दिन सकिरहेका छैनौँ,’ भनेका थिए ।

 

भारतका थुप्रै विपक्षी नेताहरूले केजरीवाल पक्राउको विरोध गरेका छन् । ‘एउटा त्रसित तानाशाह मृत प्रजातन्त्र सिर्जना गर्न चाहन्छ,’ गान्धीले एक्समा लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय