गुल्मीको रूरू क्षेत्रमा पर्ने रिडीस्थित कालिगण्डकी नदी किनारमा ५०० किलो तौल भएको शालिग्राम फेला परेको छ ।उक्त शालिग्राम स्थानीयबासीले हनुमान वाटिकामा राखेका छन् ।

स्थानीयबासी सुन्दर कशजुका अनुसार कालिगण्डकी नदी किनारमा साना शालिग्राम पाइए पनि ठूला खालका कमै भेटिन्छन् । शालिग्राम विभिन्न रंग र प्रकारमा पाइए पनि कालो रंगकोलाई हिन्दूहरूले पुज्दै आएका छन् ।दामोदर कुण्डबाट उत्पत्ति भएकी गण्डकी र मुक्तिनाथबाट निस्किएको कालीको संगम कागबेनीदेखि तल्लो तटीय क्षेत्रमा विश्वमै सबैभन्दा पवित्र शालिग्राम पाइने स्थानमा पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय