सप्तरी-सशस्त्र प्रहरीको गस्ती टोलीले सप्तरीको सिमावर्ती मलहनिया नाकाबाट लागू औषध सहित ३ जनालाई पक्राउ गरेका छन् । सशस्त्र प्रहरी बोर्डर सुरक्षा बेस टिकलियाबाट सशस्त्र प्रहरी हबल्दार अशोक कुमार यादवको कमाण्ड खटिएको टोलिले गोप्य सुचनाको आधारमा सप्तरीको हनुमाननगर कंकालानी नगरपालिका –१ का २४ बर्षिय दिपक कुमार मण्डलले , बर्ष १८ का राज कुमार मुखिया र बर्ष २३ का आनन्द मुखियालाई पक्राउ गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा गण –६ का एसपी धन बहादुर सिंहले बताए ।

उनीहरूको साथबाट लागू औषण प्रोमेगाजिन हाईडरोक्लोराईड इन्जेक्सन २४ थान, डाईजेपाम ईन्जेक्सन २४ थान र लेजिसिक २४ थान बराबर भएको छ। सशस्त्र प्रहरीले पक्राउ परेका तीनैजना लाई जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय