रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ । सो आतंकवादी हमलामा परी ४० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ भने स्थानीय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन् । सो घटनामा परी १०० भन्दा बढी घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मस्को नजिक एक म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा सो हमला भएको हो । सो हलमा यत्रतत्र शवहरू छरिएको देखिएको थियो । सो हमलाको जिम्मेवारी इस्लामिक स्टेट आईएसएसले लिएको छ । मस्कोस्थित अमेरिकी दुतावासले भिडभाड हुने क्षेत्रमा नजान यसअघि नै आफ्ना नागरिकलाई अलर्ट गरेको जनाइएको छ । जसको अहिले रूसले कनेक्सन खोजीरहेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय