काठमाडौं । भैरहवाको लुम्बिनीमा पर्यटकका लागि अनलाइन टिकट प्रणाली संचालनमा ल्याइएको छ ।

लुम्बिनी विकास कोषले शनिबारदेखि लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि अनलाइन टिकट प्रणाली संचालनमा ल्याएको हो ।अनलाइन टिकट प्रणाली लागू भएपछि पर्यटकले घण्टौंसम्म लाइन बसेर टिकट काट्नु पर्ने बाध्यताको अन्त्य भएको छ । अनलाइन टिकट प्रणाली संचालनमा आएपछि स्वदेशी तथा विदेशी पर्यटकलाई लुम्बिनीको भ्रमण गर्न अझ सहज वातावरण बन्ने र पूर्णरुपमा पारदर्शिता हुने विश्वास व्यक्त गरिएको छ ।  लुम्बिनी आउने पर्यटकलाई मायादेवी मन्दिर परिसरमा प्रवेशका बिद्यार्थीलाई प्रतिव्यक्ति १० र अन्य नागरिकलाई २० रुपैयाँ शुल्क लाग्ने गर्छ । भारतीयलाई ४०, सार्क मुलुकका पर्यटकलाई ३ सय र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति ६ सय रुपैयाँ शुल्क लाग्ने गर्छ ।

 

कोषले गत वर्षकै नीति तथा कार्यक्रमअनुरुप अनलाइन टिकट प्रणालीलाई लागू गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय