काठमाडौं । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । यो पर्व मन नपराउने कमै छन् । फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् । होलीमा टेम्को परम्परागत बाजो बजाएर नाच्ने पुरानो परम्परा हो । गाउँमा अहिले पनि फागु खेल्ने चलन छ । काठमाडौँमा पानी र रङ छ्यापेर चित्त बुझाउनुपर्छ ।

हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।

नेपालको संस्कृतिका जानकारहरुका अनुसार होलीपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको बताउछन् । होली खेल्दा न जात हेरिन्छ, न धनी–गरिब नै सद्भावको प्रतिविम्ब हो । जिल्ला प्रहरी परिसर काठमाडौँले होलीपर्व सभ्य र व्यवस्थित बनाउन सुरक्षा संयन्त्रलाई बलियो बनाएको छ । यदि कसैले नियम विपरीत गरेमा तत्काल कडा कारबाही गरिने चेतावनी जिल्ला प्रहरी परिसर काठमाडौँले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय