काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ विरुद्धको क्रिकेट शृंखलाका लागि नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ । क्यानले आयरल्यान्ड ‘ए’ विरुद्ध एकदिवसीय र टी–२० शृंखला खेल्न छुट्टाछुट्टै नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो ।

टी–२० शृंखलाका लागि विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय टोलीमा लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रासिद खान, सागर ढकाल, कमलसिंह ऐरी, बिपिन खत्री, हेमन्त धामी र विका अग्री रहेका छन् ।
यसैगरी एकदिवसीय शृंखलाका लागि घोषित नेपाल ‘ए’ टोलीमा विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, साहब आलम, मौसम ढकाल, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री, नरेन भट्ट, र रञ्जित कुमार रहेका छन् ।

यसअघि क्यानले आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० शृंखलाका लागि अघिल्लो दुई खेल खेल्न नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको थियो । क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो ।

नेपाल ‘ए’ ले आयरल्यान्डको ‘ए’ टोलीसँग घरेलु मैदानमा ३–३ टि२० र एकदिवसीय खेल खेल्ने कार्यक्रम रहेको छ । आयरल्यान्डसँगको अघिल्लो दुई खेल नेपाली राष्ट्रिय टोलीले खेल्नेछ । त्यसपछिको खेल भने नेपाल ‘ए’ टोलीले खेल्नेछ । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि यो शृंखला खेल्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय